रूकुमपूर्व । रूकुमपूर्वमा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम भव्य रूपमा सुरू भएको छ । शनिबार सदरमुकाम रुकुमकोटमा तिहार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजना गरिएको उक्त कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, यो बृहत् कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल र सिस्ने गाउँपालिकाको सहकार्यमा प्रगतिशील लेखक संघ, राप्ती साहित्य परिषद् र लुम्बिनी बाङ्मय प्रतिष्ठान रूकुमपूर्वले विभिन्न व्यक्ति तथा कार्यालयहरूको सहयोगमा कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रमको उद्घाटन सत्र सुरु हुनुअघि रुकुमकोट बजार परिक्रमा गरिएको थियो, जसले स्थानीय समुदायमा थप उत्साह जगाएको थियो । सिस्ने गाउँपालिकाको सभाहलमा आयोजित उद्घाटन समारोहमा विविध झाँकी प्रदर्शन, अतिथिहरूका शुभकामना मन्तव्य र स्रष्टाहरूद्वारा रचना वाचन गरिएको थियो ।















प्रतिक्रिया