रुकुम पूर्वको सिस्ने गाउँपालिकामा बुधबार लैङ्गिक हिंसाको अवस्था र सिफारिस मेकानिजमबारे कार्यक्रम सम्पन्न भएको छ । युएनएफपीएकाे सहयोगमा प्लान इन्टरनेशनल नेपाल, मानवअधिकार सचेतना केन्द्र, हुरेक नेपाल र सिस्ने गाउँपालिकाको साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सेफ हाउस, जिल्ला प्रहरी, कानून व्यवसायी तथा अस्पतालका प्रतिनिधिहरूले आफ्ना प्रस्तुति दिएका थिए । उनीहरूले पीडितको अवस्था, मुद्दा दर्ता, कानुनी सहायता, अस्पतालको चुनौती र ओसिएमसी सेवाबारे जानकारी प्रस्तुत गरेका थिए ।
सरोकारवालाहरूले नीति–कार्यक्रम राम्रो भए पनि प्रभावकारिता स्थानीय तहसम्म नपुगेको बताए । प्रमुख जिल्ला अधिकारी सीता परियारले निशुल्क कानुनी सहायता वडा–वडासम्म विस्तार गर्नुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमार्फत बढ्दो साइबर अपराधप्रति सचेत रहन आग्रह गर्नुभयो ।
अध्यक्ष कृष्ण रेग्मीले भौतिक संरचनासँगै हिंसा, विभेद र कुसंस्कार अन्त्य गर्न सबै सरोकारवालाले इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए । सहभागीहरूले सिस्नेमा रहेको सेफ हाउसलाई जिल्ला स्तरीय बनाउन माग राखे, जसबाट हाल पुथाउत्तरगंगा, भूमे र सिस्नेका पीडितहरूले सेवा लिइरहेका छन् ।



































प्रतिक्रिया