रुकुमपूर्व । आइतबार बिहानको अविरल वर्षाका कारण सिस्ने गाउँपालिकामा तीन घरमा क्षति पुगेको छ । सिस्ने गाउँपालिका–१, दमारस्थित मानबहादुर बुढा र तारा बहादुर बुढाको घरमाथिबाट पहिरो खस्दा घरहरू जोखिममा परेका छन् । सोही ठाउँका तुले बुढाको दुई तले कच्ची घर भत्किँदा ठूलो क्षति भए पनि मानवीय हानी भने नभएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
यस्तै, घंगाचौरका काले बस्नेतको ढुङ्गा–माटोको घरमा चिरा परेर बस्न अयोग्य बनेको छ । सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष रजबहादुर बुढाले दिएको सूचनापछि प्रहरी स.नि. बलबहादुर जी.सी.को नेतृत्वमा खटिएको टोलीले पहिरो हटाउने कार्य सम्पन्न गरेको छ ।
प्रहरीले लगातारको वर्षाले भूस्खलनको जोखिम बढेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।















प्रतिक्रिया