रुकुमपूर्व । सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा शुक्रबार शिक्षक–अभिभावक भेला, लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८१ को विद्यालयको समग्र प्रतिवेदन, सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई गरिएको थियो । साथै, आर्थिक वर्ष २०८१/८२ को शैक्षिक प्रतिवेदन पनि पेश गरिएको विद्यालयका शिक्षक देवबहादुर हमालले जानकारी दिए ।
भेला शिक्षक–अभिभावक संघका अध्यक्ष तथा लेखा परीक्षण समितिका अध्यक्ष भरत मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । भने भेलामा जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसी प्रमुख अतिथि रहेका थिए।
त्यसैगरी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी विशेष अतिथि तथा अतिथिहरु प्रमुख जिल्ला अधिकारी सीता परियार, जिल्ला निमित्त समन्वय अधिकारी रविन्द्र बुढा क्षेत्री, शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपूर्वका प्रमुख तिलक गौतमलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक मदनकुमार गौतमले राखेका थिए भने सञ्चालन विद्यालयका शिक्षक देवबहादुर हमालले गरेका थिए ।















प्रतिक्रिया