रुकुम पूर्व । विद्यालय शिक्षा विधेयकलाई विगतका सहमतिअनुसार संशोधन गरी शिक्षक, विद्यार्थी र कर्मचारीमैत्री बनाउन माग गर्दै नेपाल शिक्षक महासंघले शुक्रबार रुकुमपूर्वका पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा ध्यानाकर्षण पत्र पेस गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष मानबहादुर बस्नेतसहित तीनै गाउँपालिकाका पदाधिकारीहरूको उपस्थितिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई पत्र बुझाइएको हो ।
महासंघले ध्यानाकर्षण पत्रमा अस्थायी शिक्षकको स्थायीत्व, गोल्डेन ह्यान्डसेकको रकम, स्थायी शिक्षकको बढुवा, अध्यापन अनुमतिपत्र नवीकरण, विद्यालय कर्मचारीको पद र तलब, बालकक्षा शिक्षक तथा निजी विद्यालय शिक्षकको सेवासुविधा, सरुवा, दरबन्दी, शिक्षण काउन्सिल र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्वजस्ता विषयमा असन्तुष्टि व्यक्त गरिएको छ ।
सरकारले सहमति विपरीत विधेयक पारित गरे कडा आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको छ । हाल पहिलो चरणको प्रचारात्मक आन्दोलन जारी छ भने दोस्रो चरणमा थप सशक्त आन्दोलन गर्ने तयारी महासंघको छ ।















प्रतिक्रिया