लगातारको वर्षाका कारण रुकुम पूर्वको भुमे गाउँपालिका–९ चुन्वाङस्थित लौरी गाडिनामा पहिरोले एक घर क्षति पु¥याएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार, २०८२ साउन २९ गते बिहान करिब १०:३० बजे मनिकर्ण सुनारको ढुङ्गाले छाएको तीन कोठे, दुई तले कच्ची घर माथिबाट खसेको ढुङ्गा र माटोसहितको पहिरोमा परेर तल्लो तलाको गाह्रो (बान्ना वा बाल) पूर्ण रूपमा भत्किएको हो।
घटनाबारे दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय चुन्वाङमा जानकारी आएपछि प्रहरी सहायक निरीक्षक खगेन्द्र खत्रीको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो। घटनामा कुनै मानवीय वा पशुचौपायाको क्षति नभएको र पीडित परिवार बस्नका लागि अर्को सानो घरमा सरेको प्रहरीले जनाएको छ।
उक्त स्थान इलाका प्रहरी कार्यालय चुन्वाङबाट करिब ४ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ।








प्रतिक्रिया