दाङ, साउन २० – दाङ नारायणपुरकी उर्मिला भण्डारी हाल Nepal’s Super Model Season 3 मा सहभागी हुँदै आफ्नो प्रतिभा, आत्मविश्वास र निरन्तर संघर्षको बलमा प्रतियोगिताको अन्तिम चरणसम्म पुग्न सफल भएका छन् ।
मोडलिङ क्षेत्रमा स्थापित हुने लक्ष्य बोकेकी भण्डारीले प्रतियोगितामा उल्लेखनीय प्रस्तुति दिँदै निर्णायकहरूमा गहिरो प्रभाव छोडेका छन्। उनको आत्मबल, दृढता र मेहनतले उनलाई प्रतियोगिताका उत्कृष्ट प्रतिस्पर्धीहरूमध्ये एकको रूपमा स्थापित गराएको छ।
अब भने, उनको यात्रालाई अझ सशक्त बनाउँदै फिनालेसम्म पुर्याउन सर्वसाधारणको साथ र भोटको आवश्यकता रहेको उनका समर्थकहरूले बताएका छन्।








प्रतिक्रिया