रुकुम पूर्व । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड रुकुमकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले भुमे गाउँपालिका – ३, सिमामा आफ्ना सदस्यहरू तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागीहरूलाई बचत तथा कर्जा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो । डिप्रोक्स लघुवित्त संस्थाका शाखा प्रबन्धक दामोदर गौतमले सदस्यहरूलाई बैंक तथा वित्तीय संस्थाको इतिहास, वर्तमान अवस्था, प्रकार, उद्देश्य तथा महत्वका बारेमा जानकारी गराएका थिए ।
उनले वित्तीय संस्थामा बचत गर्दा हुने फाइदा, बचतका विभिन्न प्रकार तथा यसको महत्वबारे समेत सहभागीहरूलाई अवगत गराएका थिए । यस्तै, संस्थाका कर्मचारी धिरेन्द्रबहादुर बिष्टले सदस्यहरूलाई कर्जाको ब्याजदर तथा कर्जा प्रयोगसम्बन्धी आवश्यक जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागीहरूलाई घरायसी बजेट निर्माण गर्ने तरिका र त्यसबाट हुने फाइदाका बारेमा पनि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा केन्द्रका सदस्यहरू तथा अन्य स्थानीय गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।
मनकुमारी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लघुवित्तका कर्मचारी सुवासकुमार विश्वकर्माले गरेका थिए ।














प्रतिक्रिया