समाचार

विदेशबाट फर्केकाहरूका लागि रुकुम पूर्वमा सिप परीक्षणको अवसर



घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्व ले विदेश रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि सिप परीक्षण सञ्चालन गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । स्वीकृत वार्षिक कार्यक्रमअनुसार विदेशमा सिकेको सिपलाई स्वदेशमै प्रयोग गरी व्यक्तिलाई उद्यमशील र स्वावलम्बी बनाउन सिप परीक्षण गर्न लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सिप परीक्षण कार्यक्रम ८० प्रतिशत कार्यालय र २० प्रतिशत सम्बन्धित व्यक्तिको लागत साझेदारीमा सञ्चालन हुनेछ । सुचना प्रकाशित गरेको मिति २०८२ फागुन २६ गते देखि १५ भित्रमा इच्छुक व्यक्तिहरूले आफूले सिकेको सिप उल्लेख गरी आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, विदेशमा हासिल गरेको सिपसम्बन्धी प्रमाणपत्र वा स्वघोषणा, राहदानीको प्रतिलिपि, विदेशमा काम गरेको अनुभव खुल्ने कागजात तथा पासपोर्ट साइजका फोटो संलग्न गर्नुपर्नेछ ।

सुरक्षा सेवा, सरसफाइ, फोहोर व्यवस्थापन, कृषि तथा कृषिजन्य उद्योग, होटल तथा पर्यटन सेवा, ड्राइभिङ, सेल्स तथा सप्लाई सेवा, मर्मत सम्भार, प्लम्बिङ, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी लगायत विभिन्न सेवा तथा प्राविधिक क्षेत्रमा सिप परीक्षण गरिने कार्यालयले जनाएको छ।

आवेदन फारम यस कार्यालयको बेवसाईट www.csirukumeast.lumbini.gov.np⁠ लाई डाउनलोड गरि प्राप्त गर्न सकिनेछ । थप जानकारीका लागि कार्यालयको फोन नम्बर ०८८४१३११३ , कार्यालय प्रमुख ९८५७८४२११३ वा सूचना अधिकारी ९८६८९५६४८७
मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित : २८ फाल्गुन २०८२, बिहिबार, ,