समाचार

रुकुम पूर्वमा कर सचेतनाले जगायो जागरूकता



आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङको आयोजना तथा उद्योग वाणिज्य संघ रुकुम (पूर्व)को सहजीकरणमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा आर्थिक ऐन २०८२ अन्तर्गतका छुट–सुविधा सम्बन्धी कर सचेतना कार्यक्रम सम्पन्न भएको छ । आइतबार (आज) रुकुम पूर्वस्थित मनज्ञा कन्ट्रीभिल्लामा उक्त कर सचेतना कार्यक्रम सम्पन्न भएको हाे ।

करदाता, व्यवसायी तथा सरोकारवाला निकायलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करसम्बन्धी नवीन व्यवस्था, कर छुट तथा सहुलियतका विषयमा जानकारी दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केबेद्र गौतमले कानुनी राज्यमा बस्ने जाे कसैले पनि करका बारे म थाहा पाउँदिन मैले कर तिर्न बिर्से भनेर छुट कसैलाई नहुने बताउनु भएको छ । अध्यक्ष गौतमले बरु कर सचेतना यस जिल्ला अझै आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

कार्यक्रमका अध्यक्ष तथा आन्तरिक राजस्व कार्यालय दाङका प्रमुख कर अधिकृत श्रीधर टण्डनले उद्योगी तथा कम्पनी सञ्चालकहरुले कर सचेतना सँगै कानुनी कुरालाई ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रमुख कर अधिकृत टण्डनले अब कर सम्बन्धि सम्पुर्ण काम जिल्लामै हुने पनि बताउनुभएको छ । उहाले जिल्ला स्थित काेष तथा लेखा नियन्त्रण कार्यालय (काेलाेनिका) बाट सेवा प्रभा गर्ने तयारी भएको बताउनुभएको छ । उहाले उद्योग बाणिज्य संघको सहकार्यमा कर सचेतना सँगै अफ्ट्यारो परेका अन्य कुराहरुका बारे सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष अनुसार कार्यक्रममार्फत कर सचेतना अभिवृद्धि गर्नुका साथै कर प्रणालीप्रति विश्वास बढाउने उद्देश्यले याे कार्यक्रमकाे आयनना गरिएको हाे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतम, घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख भाेला प्रसाद शर्मा, आन्तरिक राजस्व कार्यालय दाङका कर्मचारीहरु, पत्रकार तथा उद्योगी व्यवसायीहरु लगायतकाे उपस्थित रहेको थियो ।।

प्रकाशित : २० पुस २०८२, आइतबार, ,