समाचार

रुकुमपूर्वमा विषादी सेवनले एक महिलाको ज्यान गयो



रुकुमपूर्व । रूकुम पूर्वको भूमे गाउँपालिका,-६ कोर्जा खाम्दैकी ३८ वर्षीया मनिषा रोकाको विषादी सेवनबाट मृत्यु भएको छ ।

२०८२ असोज ३० गते दिउँसो मकैमा किरा मार्ने झोल विषादी सेवन गरेकी उनलाई परिवारले उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट पुर्‍याएका थिए । अवस्था गम्भीर भएपछि थप उपचारका लागि असोज ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ रिफर गरिएको थियो ।

लगातार उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि कार्तिक ४ गते घर फर्काइएकी रोकाको कार्तिक ५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुकुमकोट पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

प्रकाशित : ६ कार्तिक २०८२, बुधबार, ,