रूकुम पूर्व । जेन जि आन्दोलनको क्रममा कारागारबाट भागेका दुई कैदी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार आइतबार दुई कैदी पक्राउ परेका हुन् ।
सुन्धारा कारागारबाट गत भदौ २४ गते फरार पुथा उत्तरगंगा, १० बाछिगाउँका ४२ वर्षीय बिर्छलाल कामीलाई असोज ४ गते आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
सोही दिन रुकुम पश्चिम कारागारबाट भागेका सिस्ने–६ आलाका २८ वर्षीय नारायण श्रेष्ठलाई पनि असोज ४ गते उनका ससुराली घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । दुवैजना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका कैदीलाई बाँकी सजायका लागि आइतबार रुकुम पश्चिम कारागारमा पठाइएको छ ।








प्रतिक्रिया