समाचार

एमाले रुकुम पूर्वद्वारा संविधान दिवस, २०८२ मनाइयो



रुकुम पूर्व । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ भव्य रूपमा सिस्ने गाउँपालिका,–३ पोखरामा मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी र सिस्ने गाउँपालिका कमिटीको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष गोपाल रेउलेले संविधानले मुलुकलाई स्थायी राजनीतिक स्थिरता र लोकतान्त्रिक अभ्यासतर्फ डोरेको उल्लेख गर्दै यसको रक्षा र कार्यान्वयनमा सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए ।

“संविधान दिवस केवल औपचारिक दिन नभई लोकतन्त्र र जनताको अधिकारलाई सम्मान गर्ने ऐतिहासिक क्षण हो,” भन्ने भाव कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन् ।

पार्टीका विभिन्न तहका नेता तथा स्थानीय सरोकारवालाले संविधानले प्रदान गरेका अधिकारको सदुपयोग गर्दै सुशासन, विकास र समृद्धि हासिल गर्न सक्रिय योगदान दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार, ,