समाचार

रुकुमपूर्वमा ४.६ म्याग्निच्युडको भूकम्प, क्षतिको खबर छैन



रुकुमपूर्व । रुकुमपूर्वको पतिहाल्ने केन्द्रबिन्दु बनाएर बुधबार साँझ ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बेलुकी ८ बजेर २५ मिनेटमा महसुस गरिएको हो ।

रुकुमपूर्व र बागलुङको सिमाना नजिकैको क्षेत्रलाई केन्द्र मानेर गएको यो भूकम्पको धक्का आसपासका जिल्लामा समेत अनुभव गरिएको बताइन्छ । प्रारम्भिक जानकारी अनुसार कुनै ठुलो क्षति भने भएको छैन ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार, ,