काठमाडौँ, भदौ २७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संसद् विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ ।
शुक्रबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरु भर्चुअल बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै संसद् विघटन गर्ने निर्णय संवैधानिक व्यवस्थाविपरीत भएको निष्कर्ष निकालेको माओवादी केन्द्रले जनाएको छ ।
उक्त निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै पार्टीले कडा आपत्ति जनाएको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्रले संविधान र जनताप्रतिको जिम्मेवारी तोडमोड गर्ने किसिमका कदमले मुलुकलाई थप संकटतर्फ धकेल्ने चेतावनी पनि दिएको छ ।




































प्रतिक्रिया