रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२, कोल घर भएका २७ वर्षीया चमेली बुढाको उपचारको क्रममा मृत्यु भएको छ । आईतबार बिहान अचानक स्वास्थमा समस्या देखिएका बुढाको दिउँसो करिब २:४५ बजे मृत्यु भएको जिल्ला अस्पताल रुकुमपूर्वले जानकारी दिएको छ ।
लामो समयदेखि मुटु सम्बन्धी रोगले पीडित भएका बुढाले नियमित औषधि सेवन गर्दै आएका थिए । अचानक पुन: समस्या देखिएपछि जिल्ला अस्पताल रुकुमपूर्वमा उपचारको लागी लागिएको थियो । उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
मृतक बुढा हाल सिस्ने गाउँपालिका–६, छिप्रिदहस्थित कोठा भाडामा बस्दै आएका थिए । भने प्रहरीले दिएको सूचनाअनुसार उनका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् ।



































प्रतिक्रिया