रुकुम पूर्वको भूमे गाउँपालिका–९, चुनबाङ स्वास्थ्य चौकी नजिकै चुनबाङ–घोराही सडकखण्डमा आएको पहिरो नेपाल प्रहरीले हटाएर सडक पुनः सुचारु गरेको छ ।
अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । आईतबार प्रहरी निरीक्षक मोहनकुमार खड्काको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले उक्त सडक पुनः सुचारु गरेको हो ।
प्रहरी टोलीले आफ्नो प्रयासमा पहिरो हटाइ सडक पुनः सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।



































प्रतिक्रिया