रुकुमपूर्व । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल रुकुमपूर्वले युद्ध सङ्ग्रहालय परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार वाइसीएल नेपाल रुकुमपूर्वका अध्यक्ष नामेन्द्र सुनारको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
रुकुमपूर्वको सदरमुकाम रुकुमकोटस्थित थातीडाँडामा अवस्थित युद्ध सङ्ग्रहालय परिसरमा आयोजित कार्यक्रममा सहभागीहरूद्वारा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै परिसर सरसफाइ गरेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय समिति सदस्य एवम् जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, पार्टी जिल्ला संयोजक कुमारी बराल गौतम, प्रदेश समिति सदस्यहरु कृष्ण रेग्मी र वासुदेव गौतम, पार्टीका जिल्ला कार्यालय सचिव गोवर्द्धन बुढा, दलित मुक्ती मोर्चाका जिल्ला संयोजक हर्कविर कामी, सिस्ने–६ का पार्टी इञ्चार्ज ज्ञानु चन्द, वाइसीएल नेपाल लुम्बिनी प्रदेशका सह–सचिव सगरमाथा खत्री, वाइसीएल नेपालका जिल्ला अध्यक्ष नामेन्द्र सुनारसहितका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
सहभागीहरूले वृक्षरोपण र सरसफाइ कार्यले वातावरण संरक्षणमा योगदान पुग्ने र युद्ध सङ्ग्रहालय परिसरको सौन्दर्य वृद्धि हुने विश्वास व्यक्त गरेका थिए।








प्रतिक्रिया