काठमाण्डौ — भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो दोस्रो खेलमा बराबरी खेलेको छ।
हिजो बेलुका जमशेदपुरस्थित जेआरडी स्पोर्ट्स कम्प्लेक्समा समूह ‘सी’ अन्तर्गत आर्मी र लदाख फुटबल क्लबबीचको खेल १–१ को बराबरीमा सकिएको हो।
यो बराबरीसँगै आर्मीले दुई खेलबाट एक अंक जोड्दै तालिकाको तेस्रो स्थानमा स्थान बनाएको छ। लदाखले पनि लगातार दुई खेल बराबरी खेलेको छ र एक अंकसहित दोस्रो स्थानमा रहेको छ। समूहको पहिलो खेलमा आर्मी जमशेदपुर एफसीसँग ३–२ ले पराजित भएको थियो।
मेघराज केसीको प्रशिक्षणमा रहेको त्रिभुवन आर्मीले कप्तान जर्ज प्रिन्स कार्कीको नेतृत्वमा खेलिरहेको छ। समूह चरणको अन्तिम खेलमा आर्मीले पर्सि (मंगलवार) इण्डियन आर्मी फुटबल टिमसँग प्रतिस्पर्धा गर्नेछ।
२४ टोली सहभागी प्रतियोगितामा हरेक समूहको विजेता तथा छ समूहमध्ये उत्कृष्ट दुई उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।








प्रतिक्रिया