राजनिती

राष्ट्रिय सभा बैठक आइतबार दिउँसो बस्ने



काठमाडौँ — संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफलका लागि निर्णय गरिनेछ। यो विधेयकले नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित कानुनी प्रावधानहरू परिमार्जन तथा समायोजन गर्ने उद्देश्य राखेको छ।

प्रतिनिधि सभाको बैठक भने साउन १९ गते बस्ने तय गरिएको छ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार, ,