रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रुलिखोलामा मोटरसाइकल दुर्घटनामा परि एक युवक घाइते भएका छन्।
शनिबार बिहान करिब ९ बजेतिर अम्लाचौर स्थायी घर भई हाल छिप्रिदह बजारमा बसोबास गर्ने २० वर्षीय हिरालाल जैशी घाइते भएका हुन्। जैशीले कर्णाली प्रदेश ०२–००२ प ९६४८ नम्बरको मोटरसाइकल चलाउने क्रममा चिप्लिएर लडेका थिए।
दुर्घटनामा परेका जैशीको बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको आशंका गरिएको छ। हाल उनलाई स्थानीय प्रकाश मेडिकलमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया