रुकुम पूर्व,– नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमितको निधनपछि मृतकका परिवारलाई ५ लाख ६९ हजार ३३३ रुपैयाँको मृत्यु दाबी रकम भुक्तानी गरेको छ। बिहीबार भूमे गाउँपालिका–२, खाबाङबगरमा उक्त रकम भुक्तानी गरेको हो ।
कम्पनीले भूमे गाउँपालिका–२, खाबाङबगरका रामलागी पुन मगरका पति रुपलाल पुन मगरलाई मृत्यु दाबी बापत यही बिहीबार ५ लाख ६९ हजार ३३३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
उक्त चेक नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रुकुम पूर्व शाखा कार्यालय प्रमुख हिरा मल्लले हस्तान्तरण गर्नुभएको हो।
रामलागी पुनले २०७९ पुष ७ गते जीवन अमृत बीमा योजनामा सहभागी भई १ लाख ४७ हजार ८८५ रुपैयाँ बीमा शुल्क तिर्नुभएको थियो।
उपचारको क्रममा काठमाडौँमा निधन भएपछि कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको हो।
चेक हस्तान्तरण कार्यक्रम नेसनल लाइफ इन्स्योरेन्सका रुकुम पूर्व शाखा प्रमुख हिरा मल्ल, भूमे–२ का वडा अध्यक्ष नारायण पुन मगर, त्रिभुवन जनता मावि छिप्रिदहका शिक्षक रामचन्द्र दाहाललगायतको उपस्थितिमा सम्पन्न भएको थियो।
उक्त चेक मृतकको सन्तान सन्तोष बुढा मगरको नाममा जारी गरिएको थियो भने चेक मृतकका पति रुपलाल पुन मगरलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

















प्रतिक्रिया