समाज

नेपालमा एक वर्षमै २५ सयभन्दा बढीको ज्यान लिने सवारी दुर्घटना, नियन्त्रणमा चुनौती



काठमाडौँ । नेपालमा सवारी दुर्घटनाको त्रास अझै पनि उस्तै छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्र देशभर २८ हजार ६९२ वटा दुर्घटना भएका छन्, जसमा २ हजार ५४९ जनाले ज्यान गुमाएका छन्।

नेपाल प्रहरीका अनुसार, मृतक संख्या सबैभन्दा बढी मधेश प्रदेशमा देखिएको छ। दिनप्रतिदिन बढ्दो दुर्घटना दरले चिन्ता बढाइरहेका बेला पनि सरकार गम्भीर रुपमा नलागेको आरोप सरोकारवालाहरूले लगाएका छन्।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको कडाइ, सार्वजनिक यातायातको नियमित निरीक्षण तथा ग्रामीण सडकहरूको सुधार आवश्यक रहेको उनीहरूको सुझाव छ।

केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार, ट्राफिक नियमको पालना सुनिश्चित गर्न प्रहरी सक्रिय रहेको छ। साथै, लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक अनिवार्य राख्नेसहित नियमित जाँचलाई प्राथमिकता दिइएको जानकारी उहाँले दिनुभयो।

प्रकाशित : ५ श्रावण २०८२, आइतबार, ,