रुकुम पूर्व सिस्ने गाउँपालिका गाउँकार्यपालिकामा प्रशासन शाखाको सहायक पदमा कार्यरत २३ वर्षीय कोइली शाही झुण्डिएको अवस्थामा मृत फेला परेको छन्। शनिबार बिहान सिस्ने गाउँपालिका, – ५ स्थित आफ्नै अस्थायी बस स्थानमा शाही मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
सिस्ने गाउँपालिका ६ खोपिचार घर भएकी शाहीको मृत्युको कारण भने अहिले सम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा घटना शुक्रबार रातिको हुनसक्ने देखिएको छ ।
घटनास्थलको मुचुल्का उठाईसकिएको र घटनाको प्रकृति आत्महत्या वा अन्य कारण भन्नेबारे अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला रुकुम पूर्व अस्पतालमा लगिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति थप रहस्यमय :
घटनाको प्रकृति हेर्दा रहस्यमय देखिएको छ । आफ्नै काेठामा घटना घटे पनि झुण्डिनु पूर्व आफ्नो माेबाइल फाेन आफु झुण्डिएकाे माथि पट्टीकाे भराइनाेमा राख्नु, अगाडिको क्यामेरा अर्थात् (स्क्रिन) पट्टीकाे भागलाई घाेप्टाे पारि माेबाइल राख्नुले घटना थप शंकास्पद रहेको हाे ।
यस बिषयमा प्रहरीले अहिले केही भन्न नसकिने बताए पनि स्थानीय बुद्धिजीवीले त्यसरी माेबाइल राख्नु कि त्यो माेबाइलमा भिडियो रेकर्ड भएको हुन सक्ने या त कसैसँग भिड कल गरेर झुण्डिएकाे हुनसक्ने आँकलन गरेका छन् । यद्यपि जिल्ला प्रहरी कार्यालयले भने सबै कुरा अनुसन्धान पश्चात् खुल्ने बताएको छ ।।



































प्रतिक्रिया