रुकुम पूर्वका विभिन्न ठाउँमा आफै उम्रिएको गाँजालाई प्रहरीले फडानी गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबारदेखि सुरु गरिएको विशेष अभियानमा जम्मा २२ रोपनी क्षेत्रफलमा फैलिएको गाँजा नष्ट गरिएको हो।
भूमे गाउँपालिका–१ अन्तर्गत लामाक्याङ, पञ्चासे र रिगुङ क्षेत्रमा १८ रोपनी, पुथाउत्तरगंगा–१२ क्युबाङमा २ रोपनी, र पुथाउत्तरगंगा–१३ बिर्गुङमा पनि २ रोपनी क्षेत्रफलमा फैलिएको गाँजा फडानी गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर बि.क.का अनुसार, गाँजा स्थानीयले नलगाएको भए पनि खुला ठाउँमा प्राकृतिक रूपमा उम्रिएको थियो। यस्ता अवैध वनस्पति नियन्त्रण गर्न प्रहरीको गस्तीलाई अझ सक्रिय बनाइएको उनले जानकारी दिए।



































प्रतिक्रिया