खेदकुद

क्रिस्टियानो रोनाल्डोका शब्दमा: “हामी सँगै थियौं, अझै पनि विश्वास लाग्दैन”



विश्व फुटबलका महान कप्तान क्रिस्टियानो रोनाल्डोले एक अविश्वसनीय दुर्घटनामा ज्यान गुमाएका पोर्चुगिज टिमका साथी डिएगो जोटालाई भावुक श्रद्धाञ्जली अर्पण गरेका छन्।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत रोनाल्डोले लेखेका छन्, “विश्वास नै लाग्दैन, अहिलेसम्म हामी राष्ट्रिय टिममा सँगै थियौं, अहिलेसम्म तिमी विवाहित थियौ। तिम्रो परिवारलाई, तिम्री श्रीमती र बच्चाहरूलाई मेरो गहिरो समवेदना। उनीहरूलाई संसारकै सबैभन्दा ठूलो शक्ति चाहिन्छ। मलाई थाहा छ, तिमी सधैं उनीहरूका साथ रहनेछौ। विश्राम गर, डियोगो र आन्द्रे। हामी सबैले तिमीहरूलाई सधैं सम्झिरहनेछौं।”

जोटा हालै सम्पन्न २०२४/२५ सिजनको प्रिमियर लिगमा विजेता टोली लिभरपुलका सदस्य थिए, जसमा उनले २६ खेलमा ६ गोल गरेका थिए। पोर्चुगल राष्ट्रिय टिमका लागि समेत उनी प्रभावशाली खेलाडी थिए। रोनाल्डोको कप्तानीमा नेशन्स लिगको फाइनलमा स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा जित हासिल गर्दा उनले १०५औं मिनेटमा पेड्रो नेटोलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए र १७ मिनेटको खेल समय बिताएका थिए।

जोटाको निधनले केवल टिम होइन, सम्पूर्ण फुटबल समुदायलाई स्तब्ध बनाएको छ। एक युवा, उत्साही र समर्पित खेलाडीको असामयिक बिदाइले रोनाल्डोलगायत संसारभरका खेलप्रेमीहरूलाई शोकमा डुबाएको छ।

प्रकाशित : १९ असार २०८२, बिहिबार, ,