एएफसी महिला एसियन कप छनोटमा सानदार जितसँगै उत्साहित नेपाली महिला टोली आज दोस्रो खेलमा श्रीलंकासँग आमनेसामने हुँदैछ।
उज्वेकिस्तानको मैदानमा नेपाली समयअनुसार साँझ सवा ६ बजे खेल सुरु हुनेछ।
नेपालले छनोटको पहिलो खेलमा लाओसलाई ९–० ले हराउँदै प्रभावशाली प्रदर्शन गरिसकेको छ, जहाँ कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन्। अर्कोतर्फ, श्रीलंका पहिलो खेलमा आयोजक उज्वेकिस्तानसँग १०–० ले पराजित भएको टोली हो।
नेपाली टोलीले शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ, जसले छनोटको समीकरणलाई अझ रोमाञ्चक बनाउनेछ।
यसपटक नेपाली टोलीको कप्तानी सावित्रा भण्डारीले सम्हालिरहेकी छन्, जसलाई एन्फाले लाओसविरुद्धको खेलको केही समयअघि मात्रै कप्तान घोषणा गरेको थियो।
सन् १९८६ मा अन्तर्राष्ट्रिय यात्रा थालेको नेपाली महिला टोलीको कप्तानी क्रमशः रमा सिंहदेखि निरू थापा हुँदै सावित्रासम्म आइपुगेको छ।
लाओसविरुद्धको जितपछि आत्मविश्वास बढाएको नेपाल आजको खेलमा पनि विजयको निरन्तरता कायम राख्न चाहन्छ।








प्रतिक्रिया