वित्थडचिर गाउँपालिकामा हाम्रा गाउँबस्तीहरू युवाविहीन भएका छन्। त्यहाँ देखिएका दृश्यहरूले नेपालको भविष्य कुन दिशातर्फ जाँदैछ भन्ने स्पष्ट सङ्केत गर्छ ।
युवालाई सरकारी तथा गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसर, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता लगायतका विषयमा पहुँच आवश्यक छ।
आवश्यकताका क्षेत्रहरूमा युवालाई जोखिम कम गर्न ती क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यहाँबाट फर्किएकाहरूलाई समायोजन गर्न सरकारका कार्यक्रमहरूमा सुधार गरी, संस्थागत तथा सामाजिक अवरोधहरू हटाउँदै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ।
राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवालाई राज्यको मूलप्रवाहमा ल्याउने र समग्र क्षेत्रका नीतिहरूलाई युवामैत्री बनाइनु आवश्यक छ। साथै, प्रत्येक राजनीतिक पार्टीले युवासम्बन्धी स्पष्ट नीति बनाउनुपर्छ, जसले राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमहरूलाई समन्वय गर्न र पार्टीभित्र पनि युवा नेतृत्व निर्माण गर्न मद्दत पुर्याउनेछ।
युवाले पनि कुनै पूर्वाग्रह नराखी आफ्नो चेतनाको सही सदुपयोग गर्दै, अघिल्लो पुस्ताको अनुभवबाट सिक्दै र उनीहरूसँग सम्मानपूर्वक सहकार्य गर्दै मुलुकमा विधिको शासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र रोजगारी सिर्जनाजस्ता नागरिकका आधारभूत आवश्यकताहरूको पक्षमा अग्रसर हुनु अत्यावश्यक छ।
त्यसपछि मात्र हामीले परिकल्पना गरेको समृद्ध, प्रगतिशील र समतामूलक समाज र राष्ट्रको निर्माण सम्भव हुनेछ। अबको समय युवाको हो।
लेखक: सुशील ओखेडा
स्थानीय बासिन्दा, बित्थडचिर गाउँपालिका–६, बझाङ
केन्द्रीय प्रवक्ता – बित्थडचिर प्रवासी दलित एकता समाज, भारत
केन्द्रीय सदस्य – सामाजिक न्यायका लागि महाअभियान
सहसचिव – ज्वलन्त स्मृति क्लब, भारत



































प्रतिक्रिया