अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको डिजिटल सेवा करप्रति असन्तुष्टि जनाउँदै सबै व्यापार वार्ता अन्त्य गर्ने घोषणा गरेका छन्।
क्यानडाले अमेजन, एप्पल, गुगलजस्ता अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै ३ प्रतिशत डिजिटल कर लगाएको छ, जसबाट वार्षिक २ अर्ब डलरभन्दा बढी घाटा हुने अनुमान छ।
ट्रम्पले सात दिनभित्र क्यानडाबाट आउने सामानमा नयाँ महसुल घोषणा गर्ने चेतावनी दिएका छन्।
यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले वार्ता जारी राखिने बताएका छन्।








प्रतिक्रिया