बर्खामा जोखिमपूर्ण यात्रा: देउखोलाका यात्रु काठे पुल पार गर्दै

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४, देउखोलामा यात्रा गर्न उपयुक्त बाटो नहुँदा स्थानीयवासी र यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। गत वर्षको बर्खामा गएको पहिरोले मुख्य सडक मार्ग अवरुद्ध बनाएपछि स्थानिय सरकारको पहलमा नजिकैको सानोभेरी नदी किनारमा अस्थायी रूपमा काठे पुल निर्माण गरिएको थियो। तर पुनः बर्खा याम नजिकिँदै गर्दा नदीमा पानीको मात्रा बढेसँगै यात्रुहरूलाई सोही…