राजनिती

विद्या भण्डारीको ‘पुनरागमन’ योजना कहाँ चुक्यो?



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १४ गते मदन जयन्तीका दिन राजनीतिमा पुनरागमनको घोषणा गरेपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उनको पार्टी सदस्यता नवीकरण ‘होल्ड’ गर्दै कठोर निर्णय लिए।

भण्डारीले ओलीको उमेर र नेतृत्व क्षमतामाथि सार्वजनिक रूपमा प्रश्न उठाइन, जसले ओलीलाई चुनौतीको रूपमा लिन बाध्य बनायो। उनले नेतृत्वमा आउने दाबी त गरिन् तर न दस्तावेज प्रस्तुत गरिन्, न वैचारिक बहस सुरु गर्न सकिन्।

पार्टीभित्र समर्थन जुटाउने प्रयास पनि कमजोर रह्यो। सचिवालयमा केही समर्थन देखिए पनि पोलिटब्युरो र केन्द्रीय कमिटीमा नेताहरू मौन रहे। ‘नोट अफ् डिसेन्ट’ राख्ने नेता तीनजनामा सीमित भए।

यसरी, रणनीति, तयारी र समयको अभावमा भण्डारी पक्षको ‘क्यालकुलेसन’ चुक्यो र उनी एमालेभित्रै रोकिएकी छन्।

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार, ,