रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ सूर्दीका स्थानीयवासी पछिल्ला वर्षमा मौरी पालनमा क्रमशः सक्रिय हुँदै गएका छन् । पुर्खौंदेखि मौरी बसाल्ने परम्परा रहँदै आएको यो ठाउँ अहिले व्यवसायिक मौरी पालनतर्फ उन्मुख बन्दै गएको स्थानीयहरुले बताएका छन् । सूर्दीका केही स्थानलाई स्थानीयवासीले “मौरी बसाल्ने ठाउँ” भनेर चिनाउँछन् । यी स्थानहरूमा भाद्र महिनादेखि मौरीको चहलपहल बढ्ने…