समाचार

रुकुम पश्चिममा गोपाल शर्मा ‘अनल’ को शानदार जीत



रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी नेकपा) का उम्मेदवार गोपाल शर्मा (अनल) विजयी हुनुभएको छ । जिल्लाको मत गणना अहिले भर्खरै सम्पन्न भएको छ । नेकपाका उम्मेदवार अनल २१ हजार ६ सय ९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ ४ हजार ९ सय ४८ मतान्तरले विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत ल्याउनुभएको छ । यसअघि जिल्लाबाट चुनाव जित्दै आउनुभएका जनार्दन शर्मा (प्रभाकर) तेस्रो हुनुभएको छ । उहाँले १४ हजार ३ सय ४६ मत पाउनुभएको छ । यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट जिल्लामा २०६४ पछि निर्वाचन जित्दै आउनुभएका प्रभाकर यस पटक भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा हुनुन्थ्यो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले ४ हजार ७६ मत पाउनुभएको छ । रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० मत रहेकामा ६२ हजार ९ सय ६८ मत खसेको थियो ।।

प्रकाशित : २४ फाल्गुन २०८२, आइतबार, ,