राजनिती

नेकपा एमाले रुकुमपूर्वको प्रेस वक्तव्य



रुकुमपूर्व । नेकपा एमाले रुकुमपूर्वले जेन–जे पुस्ताको आन्दोलनका क्रममा भएको गोलीकाण्डप्रति गहिरो दुःख व्यक्त गरेको छ । घटनामा १९ जना युवासहित केही प्रहरीको निधन र करिब ४ सयभन्दा बढी घाइते भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेको छ । प्रधानमन्त्रीको राजीनामापछि राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाट मात्र खोजिनुपर्नेमा एमाले रुकुमपूर्वले जोड दिएको छ ।

अशान्तिको अवसरमा भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय हुन आग्रह गरिएको छ भने सम्पत्ति संरक्षण र संयमता अपनाउन जनतालाई अपिल गरिएको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षा सबै दलको साझा जिम्मेवारी भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रकाशित : २६ भाद्र २०८२, बिहिबार, ,