राजनिती

अखिल क्रान्तिकारीद्वारा सहिद शुक्र मावि मूल इकाई सम्मेलन सम्पन्न



रुकुम पूर्व । अखिल (क्रान्तिकारी) सहिद शुक्र माध्यमिक विद्यालयको मूल इकाई सम्मेलन आइतबार सम्पन्न भएको छ ।

सम्मेलनले बचन पुनको अध्यक्षतामा ५१ सदस्यीय मावि मूल इकाई समिति सर्वसम्मतरूपमा चयन गरेको छ । जसको उपाध्यक्षमा भागी रोका र दिलमान सुनार, सचिवमा सरिता शेर्पाली, सहसचिवमा उर्मिला सुनार तथा कोषाध्यक्षमा आशिक पुनलाई चयन गरिएको अखिल (क्रान्तिकारी) रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइलीले जानकारी दिए ।

सम्मेलनमा अखिल (क्रान्तिकारी) रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइलीसहित प्रेस सेन्टर नेपाल भूमे गाउँपालिकाका अध्यक्ष कमल बिकको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार, ,