राजनिती

रास्वपा र राप्रपाको संसद बैठक बहिष्कार, भिजिट भिसा प्रकरणमा विशेष समिति गठनको माग



काठमाडौँ, साउन २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै मंगलबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदहरू उठेर विरोध जनाए। आफ्नो भनाइ राखेपछि उनीहरू बैठक कक्षबाट बाहिरिए।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नभएसम्म संसद बैठक अवरुद्ध गर्ने अडान दोहोर्याएका छन्।

दुवै दलले घटनाको गम्भीरता औँल्याउँदै निष्पक्ष र पारदर्शी छानबिनका लागि समिति गठन अपरिहार्य रहेको बताएका छन्।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार, ,