कर्नाटक, आषाढ २९ – विदेशी भूमिमा रहेका नेपालीहरूमा बढ्दो राजनीतिक जागरूकता र संगठनप्रतिको लगाव देखाउँदै आज प्रवासी मञ्च कर्नाटकअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीको शान्तिनगर समिति तथा बित्थडचिर गाउँपालिका समिति विधिवत रूपमा गठन गरिएको छ।
बिशेष उपस्थितिमा सम्पन्न भएको यो कार्यक्रम पार्टीका केन्द्रीय उपप्रमुख दीपकराज आचार्य र अनुशासन विभाग प्रमुख पहल एन्जी को आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमले प्रवासी भूमिमा पनि नेपाली राजनीतिक चेतनाको गहिरो छाप देखाएको छ।
नवगठित समितिमा बसन्त धामी सभापतिको भूमिकामा चयन भएका छन्। विनोद नेपाली उपाध्यक्ष, टेकेन्द्र धामी सचिव, नरेश कडायत सह–सचिव, नरेश अवस्थी कोषाध्यक्ष तथा यज्ञराज अवस्थी सह–कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्।
त्यसैगरी, महेश बिष्ट प्रवक्ताका रूपमा चयन गरिएका छन् भने हरमल धामी सह–प्रवक्ताको भूमिकामा रहनेछन्। मोहनप्रसाद जोशी सल्लाहकार प्रमुख र सुरेश बिष्ट सल्लाहकारका रूपमा चयन भएका छन्।
सदस्यहरूमा हर्क धामी, दीपक स्याडा, नरेन्द्र रोकाया, प्रेम रोकाया, कृष्ण भाट, जगदीश बिष्ट, विष्णु खड्का, पार्वती धामी र यमुना रहेका छन्।
कार्यक्रमका क्रममा केन्द्रीय नेताहरूले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै संगठनको मजबुतीका लागि जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे। उनीहरूले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया र सक्रिय सहभागिता आजको आवश्यकता भएको स्पष्ट पारे।
स्थानीय समाजसेवी सुसिल ओखेडा ले समितिको गठनलाई ऐतिहासिक उपलब्धि भन्दै देशप्रेम र प्रवासी नेतृत्वको उदाहरणीय कदमको रूपमा मूल्यांकन गरे।
“प्रवासमा रहे पनि हामी देशको माटो बिर्सिएका छैनौं, हाम्रो संकल्प अझ प्रगाढ हुँदै गएको छ।” भन्दै एक नवगठित सदस्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।



































प्रतिक्रिया