रुकुम पश्चिम,- प्रेस सेन्टर नेपाल चौरजहारी नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आज चौरजहारी नगरपालिकामा सेन्टरको दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । राजेन्द्र विकको अध्यक्षतामा ८ सदस्यीय नयाँ नगर समिति चयन गरिएको हो ।जसको उपाध्यक्षमा अनिता विक, सचिवमा शक्ति बारघरी, सह सचिवमा सुवेच्छा पाेखरेल र कोषाध्यक्षमा लक्ष्मी घर्ती नयाँ कार्यसमिति चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा भूमिका पुनमगर, मनिषा डाँगी र राेशन ढकाल सर्वसम्मत चयन हुनुभएको हो ।
नवनिर्वाचित अध्यक्ष विकको अध्यक्षता भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्र चाैरजहारी नगर अध्यक्ष माेतीप्रसाद पाेखरेलकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गाेपालप्रसाद रेग्मी, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष मनिष खड्का, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश सदस्य रमिता खड्का, नेपाल पत्रकार महासंघका जिल्ला काेषाध्यक्ष सन्देश जैसी, प्रेस सेन्टरका जिल्ला काेषाध्यक्ष सुनिल थापा लगायतकाे पनि आतिथ्यता रहेकाे थियाे ।कार्यक्रमकाे नवनिर्वाचित उपाध्यक्ष सञ्चालन अनिता बिकले गर्नुभएकाे थियाे ।



































प्रतिक्रिया