राजनिती

खानेपानी मन्त्री यादव स्वदेश फिर्ता



काठमाडौँ, २० असार – खानेपानी मन्त्री प्रदीप यादव स्पेनको सेभिल्लामा सम्पन्न ‘विकासका लागि वित्तीयकरण’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ।

संयुक्त राष्ट्रसंघको आयोजनामा आयोजित सो सम्मेलन २०२५ जुन ३० देखि जुलाई ३ सम्म चलिरहेको थियो। मन्त्री यादव यही असार १५ गते स्पेन प्रस्थान गर्नुभएको हो। उहाँसँगै मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य पनि सहभागी हुनुभएको थियो।

मन्त्री यादवका निजी सचिव तथा उपसचिव भक्तराज जोशीका अनुसार सम्मेलनमा नेपालको तर्फबाट “सबैका लागि सुरक्षित खानेपानी तथा सरसफाइ सुनिश्चित गर्ने राष्ट्रिय प्रतिबद्धता” अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिएको थियो।

सम्मेलनमा विभिन्न देशका सरकार प्रमुखहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्था, वित्तीय र व्यापारिक निकाय, व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघ प्रणालीसँग सम्बन्धित व्यक्तिहरू सहभागी थिए।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री यादव र सचिव शाक्यलाई मन्त्रालयका निमित्त सचिव एवं सहसचिव इञ्जिनियर मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए।

प्रकाशित : २२ असार २०८२, आइतबार, ,