नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले गम्भीर संकटको अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अहिले विचार, संगठन र आन्तरिक एकताको हिसाबले गम्भीर अन्योलमा रहेको बताए। उनले भने, “मुलधारको कम्युनिष्ट पार्टी मानिएको नेकपा एमालेमा अहिले निरन्तर संकटको श्रृङ्खला देखिँदैछ।”
उनका अनुसार पार्टीभित्र व्यक्तिवाद, अनुशासनहीनता र अवसरवाद मौलाउँदै गएको छ। “अनुचित काम गर्ने, कुभलो सोच्ने, दक्षिणपन्थी प्रवृत्तिमा फस्ने संस्कार हावी हुँदै गएको छ,” उनले भने, “यस्ता प्रवृत्तिलाई परास्त नगर्ने हो भने पार्टी थप विचलित हुन सक्छ।”
नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै समाप्त नभएको र त्यसलाई मार्गमा ल्याउन इमानदार प्रयास आवश्यक रहेको बताए।



































प्रतिक्रिया