रुकुम पूर्व — प्रेस सेन्टर नेपाल सिस्ने गाउँपालिका सचिव तथा अखिल (क्रान्तिकारी) रुकुम पूर्वको सदस्य टीका केसीले माओवादी निकट सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले विगतमा बहन गरेका जिम्मेवारीका क्रममा प्राप्त अनुभव, ज्ञान र साथका लागि सबै कमरेड, मित्र, सहकर्मी साथीहरू र अग्रजहरूप्रति आभार व्यक्त गरेका छन्। विज्ञप्तिमा उनले लेखेका छन्,
“अबदेखि मेरो बाँकी जीवन र राजनीतिक यात्रालाई नेकपा (एमाले) निकट प्रेस चौतारीमार्फत अझ प्रभावकारी र जनपक्षीय रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु। पत्रकारिता र राजनीतिक यात्राका उतारचढाव र सफलताले मलाई अझ बलियो बनाएको छ।”
सो अवसरमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सह–इन्चार्ज गणेश आचार्यले केसीलाई सपथ ग्रहण गराएका थिए। उनले नयाँ जिम्मेवारीप्रति बधाई दिँदै नेकपा (एमाले) निकट पत्रकार संगठनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।









प्रतिक्रिया