नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि योगपीठलाई सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीभित्र गहिरो विवाद उत्पन्न भएको छ।
केही नेताहरूले उक्त मुद्दा व्यक्तिगत भएको भन्दै पार्टीलाई नजोड्नुपर्ने बताएका छन्। नेतृ रामकुमारी झाँक्री र झलनाथ खनालले पार्टीको सुशासन अभियानलाई असर पर्ने भएकाले अध्यक्ष नेपालले पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्। झाँक्रीले अर्ली महाधिवेशनको मागसमेत गरेकी छन्।
तर, नेपाल पक्षका नेताहरूले यो मुद्दा राजनीतिक प्रतिशोध भएको भन्दै पार्टीले प्रतिवाद गर्नुपर्ने अडान लिएका छन्। पार्टी प्रवक्ता जगनाथ खतिवडाले अध्यक्षमाथिको मुद्दा पार्टीमाथिको हमला भएको दाबी गरेका छन्।
विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा रिहा गरेको छ भने पार्टीले सार्वजनिक रूपमा विषयमा नबोल्न निर्देशनसमेत जारी गरिसकेको छ।



































प्रतिक्रिया