home

पुथामा नेपाल टेलिकमको सञ्जाल अवरुद्ध



रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेपाल टेलिकमको सञ्चार सेवा अवरुद्ध भएको छ । स्थानियका अनुसार आईतबार साँझदेखि इन्टरनेट सँगै फोन सेवा अवरुद्ध भएको हो।

स्थानीयहरुका अनुसार बर्खाको समयमा सञ्चार अवरुद्ध हुँदा घर बाहिर निस्किएका परिवारलाई सम्पर्क गर्नु पर्ने हुन्छ । यसै क्रममा सञ्चार सेवा अवरुद्ध हुँदा बढी चिन्ता जनक हुने बताएका छन् ।

यसैबीच नेपाल टेलिकम रुकुम पूर्वका प्रविधिक प्रमुख शिखर ओलीका अनुसार समस्या प्रविधिमा नभई सोलारबाट सञ्चालित टावरहरूको ब्याट्री चार्ज हुन नसक्दा सञ्जाल अवरुद्ध भएको हो । केही दिनदेखि पानि पर्दा सेपे धुरीको टावरमा घाम नलाग्दा यस्तो समस्या सिर्जना भएको प्रविधिक प्रमुख ओलीले बताउनुभयो। उहाँले घाम लागे पछि आफै सञ्चार सेवा सुचारु हुने आश्वासन दिनुभएको छ।

पुथा उत्तरगंगामा अहिले पाँचवटा टावर सञ्चालनमा छन् । तर लगातार बदलिँदो मौसमले गर्दा सोलारमा निर्भर टावरहरूमा बारम्बार अवरोध आउने गरेको छ ।

यसअघि भूमे गाउँपालिकामा पनि यस्तै समस्या देखिएको थियो, यद्यपि हाल उक्त क्षेत्रमा सञ्चार सेवा सुचारु भइसकेको छ ।

प्रकाशित : १६ असार २०८२, सोमबार, ,