राजनिती

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता सम्पन्न



प्रधानमन्त्री केपी शर्मा ओलीले सेभियामा स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेन पुगेका ओली र साञ्चेजबीच पारस्परिक चासोका विषयमा छलफल भएको हो।

प्रधानमन्त्री ओली आज म्याड्रिड हुँदै सेभिया आइपुगेका हुन्। उनले नागरिक समाजद्वारा आयोजित प्लेनरीको समापन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, आजै साँझ स्पेनका नरेशले आयोजना गर्ने विशेष रात्री भोजमा सहभागी हुने कार्यतालिका रहेको छ।

प्रकाशित : १५ असार २०८२, आइतबार, ,