home

संघीय निजामती सेवा विधेयक बहुमतले पारित



संघीय निजामती सेवा विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ।

आइतवारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिएपछि उनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अघि सारेका थिए।

प्रतिनिधिसभाका बहुमत सांसदले प्रस्तावमा सहमति जनाएसँगै सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरेका हुन्।

प्रकाशित : १५ असार २०८२, आइतबार, ,