शनिबार रातिको अविरल वर्षापछि मुसिकोट नगरपालिका–८, रिनदह नजिक खसेको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी राजमार्गको रुकुम खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
मुसिकोट नगरपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाएपछि यातायात आंशिक रुपमा सञ्चालनमा आएको नगर प्रहरी इञ्चार्ज उमेश केसीले जानकारी दिनुभयो।
सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन दिनभर रोकिएका थिए। पूर्णरूपमा पहिरो हटाउन नसकिए पनि एकतर्फी रूपमा सवारी सञ्चालन सम्भव भएको हो।
पहिरो हटाउने काममा वडा नं. ८ का अध्यक्ष जय बहादुर थापा, नगर प्रहरी र स्थानीय प्रहरी टोली खटिएका थिए।
हाल रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै काठमाडौं र रुकुम पूर्वबाट दाङ, नेपालगञ्जतर्फ गाडी सञ्चालनमा आएका छन्। वर्षा जारी रहेकाले अन्य स्थानहरूमा पनि पहिरोको जोखिम कायमै रहेको छ।








प्रतिक्रिया