राजनिती

विदेशमा रहेका नेपालीका लागि दुई नयाँ मोबाइल एप सार्वजनिक



काठमाडौं — विदेशमा रहेका नेपालीहरूको विवरण सङ्कलन, व्यवस्थापन र सुरक्षाका लागि दुई नयाँ मोबाइल एप — श्रम संसार एप र हामी मोबाइल एप — सार्वजनिक गरिएको छ।

परराष्ट्र मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको श्रम संसार एप परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रममन्त्री शरतसिंह भण्डारीले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो। यो एपमार्फत विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्, जसले कन्सुलर सेवा, उद्धार तथा समन्वयमा सरकारलाई सहयोग पुर्‍याउनेछ।

त्यस्तै, हामी मोबाइल एप कोरिया सरकारको सहयोगमा तयार गरिएको हो, जसलाई नेपाल सरकारको श्रम मन्त्रालयले सञ्चालन गर्नेछ। यो एप नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध छ र सीप विकास, वित्तीय योजना, मानसिक स्वास्थ्यलगायत जानकारी प्रदान गर्छ।

दुवै एपले वैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्ने सरकारको विश्वास छ।

प्रकाशित : १४ असार २०८२, शनिबार, ,