काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। अपराह्न स्पेन प्रस्थान गर्नु अघिको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बारेमा जानकारी दिने कार्यक्रम तय भएको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले भ्रमणको उद्देश्य, तयारी र सम्भावित उपलब्धिबारे संसदलाई जानकारी गराउनुका साथै समसामयिक राष्ट्रिय विषयहरूमा समेत धारणा व्यक्त गर्ने छन्।
प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।



































प्रतिक्रिया