विशाल घर्ती मगर :
काठमाडौं – लोकप्रिय गायिका जमुना सनमको तीज विशेष गीत “पैसा कमा केटी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक तथा सर्जक टेकेन्द्र शाही बिन्दासका अनुसार बिहीबार जमुना सनमको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।
राजु सुनामको शब्द, संगीत र एरेञ्जमा तयार भएको गीतमा जमुना सनम र शान्ति श्री परियारले स्वर दिएका छन्। अडियो रेकर्डिङ राजु सुनामले, मिक्सिङ विनोद परियारले तथा स्टुडियो वजनले निर्माण गरेको हो।
गीतमा पैसाको प्रभाव र सामाजिक यथार्थ झल्काइएको छ—पैसाले शानदेखि मान, घरदेखि गाडी, बोलिदेखि चोली फेर्नेसम्मको कथा समेटिएको छ।
भिडियोमा अन्जली अधिकारी, स्मारिका ढकाललगायतका कलाकारको अभिनय रहेको छ। भिडियोको निर्देशन रामजी लामिछानेले र सम्पादन बान्दे प्रसादले गरेका हुन्।














प्रतिक्रिया