काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी तीज गीतहरू सार्वजनिक भइरहेका छन्। यसै सन्दर्भमा गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको ‘तीज आयो साथी संगी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ।
अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएकी गायिका बस्नेत नेपालबाहिर रहे पनि गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उक्त गीतको भिडियो उनको निजी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नेपाली मौलिक शैलीमा तयार पारिएको गीतमा रावल जनकको शब्द र संगीत रहेको छ। संगीत संयोजन (एरेञ्ज) सन्दीप कार्कीले गरेका छन् भने अडियो मिक्सिङमा विष्णु मानन्धर र मनोज परियारले योगदान दिएका छन्।
गीतको रेकर्डिङ नेपालमा विक्रम थापा र अमेरिकामा ॐ कर्माचार्यले गरेका हुन्। भिडियो केशवराज भट्टको निर्देशनमा तयार गरिएको हो। भिडियोमा जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य देख्न सकिन्छ।
नेपाल र अमेरिका दुबै देशमा छायांकन गरिएको यस गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ। यसअघि गायिका बस्नेतले ‘राधा कृष्ण’, ‘तिम्रो मायाको’, ‘मेरी आमा’ लगायतका गीतहरू पनि सार्वजनिक गरिसकेकी छन्।














प्रतिक्रिया